Sunday, May 1, 2016

नयाँ जनवादी क्रान्तिमा जोड

काठमाडौँ, १९ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा मजदुरको मुक्तिका निम्ति आफ्नो प्रतिबद्धता पुनः जाहेर गर्नुभएको छ ।

आफ्नो विज्ञिप्तमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढेर नै मजदुरको वास्तविक मुक्ति सम्भव हुने उल्लेख छ ।
अध्यक्ष वैद्यले नेपालमा अहिलेसम्म पनि मजदुर वर्गको आधारभूत हक र हित प्राप्त हुन नसकेको जनाउँदै यस दिवसलाई मजदुरहरूको उत्सवको रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष चलाउन जरुरी रहेकामा विज्ञप्तिमा जोड दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts