काठमाडौँ, १५ जेठ । गत वर्षको अप्रिल २५ ९वैशाख १२० मा गएको भूकम्प अनुभूतिबारेको पुस्तक ‘अप्रिय अप्रिल’ बजारमा आएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा पत्रकार रवीन्द्र मिश्र लगायतले पुस्तकको लोकार्पण गर्नुभयो । विभिन्न २७ लेखकले आफ्ना भूकम्पका अनुभूतिलाई संस्मरणका रुपका लेखेका छन् । राजकुमार बानियाँले सम्पादन गरेको पुस्तकमा पत्रकार मिश्रको ‘भाग्यवादीको कम्पन कथा’, सौरभको ‘उपत्यकाः पहिलो साता’, सरस्वती प्रतीक्षाको ‘गोरखाली कति जब्बर जाति’, शार्दूल भट्टराईको ‘हल्याहल्यै’ समावेश छन् ।
त्यस्तै सुरेश रानाभाटको ‘अप्रिल ट्रेजेडी’, अक्षय अधिकारीको ‘मातृभूमि ऋण’, कुमार नगरकोटीको ‘शनि–१२’ ०७२, अविनाश श्रेष्ठको ‘वैशाख डायरी’, कल्पना वान्तवाको ‘ज्यानमारा हलचल’ आदि छन् ।
शार्वरी बुक्सले बजारमा ल्याएको पुस्तकमा प्रत्येक लेखकका एक एक अनुभूति समावेश गरिएको छ । पत्रकार मिश्रले आख्यानका रुपमा आएको पुस्तक ऐतिहासिक महत्वको भएको बताउँदै ‘भूकम्पको अनुभूतिलाई आख्यानले जति समेट्न सफल भएको छ त्यति गैरआख्यानले समेट्न सक्दैनथ्यो’ भन्नुभयो ।
सम्पादक बानियाँले नब्बे सालको भूकम्पका भुक्तभोगी अझै जीवित भए पनि त्यसबारे पर्याप्त सामग्री आउन नसकेको स्मरण गर्दै यस पुस्तकले त्यो कुरालाई चिर्ने आशा व्यक्त गर्नुभयो ।
प्रकाशक नीराजन थापाले धेरै लेखकसँग एकैसाथ काम गर्दा धेरै कठिनाइ भोगिए पनि पुस्तक निकाल्न सफल भएको बताउनुभयो । रासस
No comments:
Post a Comment