Thursday, May 12, 2016

इनार खन्दा बम

भक्तपुर, ३० वैशाख । सल्लाघारी सिर्जना नगरस्थित श्यामसुन्दर कसपालको घरको हातामा इनार खन्ने क्रममा आज अपराह्न बम भेटिएको छ ।

पन्ध्र फिट गहिरो इनार खनिएपछि माटामा मिसिएको अवस्थामा बम फेला परेको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । अपराह्न बम भेटिए पनि स्थानीयवासीले त्यसलाई निकैबरे खेलाएर ‘वर्कसप’मा लगेर काट्न खोज्दा आगाको झिल्को निस्किएपछि बमको आशङ्कामा सल्लाघारी प्रहरी बिट नजिकै फ्याँकेका थिए ।

प्रहरीले बिस्फोटक पदार्थ भएको पहिचान गरेपछि साँझ आएको नेपाली सेनाको बम निष्क्रिय टोलीले उक्त वस्तु बम नै भएको पहिचान गरेको प्रहरीको भनाइ छ । उक्त बिस्फोटक पदार्थ नेपाली सेनाको टोलीले सुरक्षित साथ लगेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts