Wednesday, May 18, 2016

दाईजोका लागि विवाह तोडने बेहुलाका पिता प्रहरी नियन्त्रणमा

पर्सा, ५ जेठ । दाईजोमा जग्गा नदिएको निहुमा विवाह गर्न नमानेका बेहुलाका पितालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

पर्साको लखनपुर गाविस–४ का बेहुलिका पिता मथुरा साह कानुले दिएको निवेदनका आधारमा प्रहरीले पर्साको महुवन–३ का गणेश साहलाई पक्राउ गरेको हो ।

दाइजोमा जग्गा नदिएको भन्दै बेहुला हरिशंकर साहका पिता गणेश साहले वैशाख १७ गते हुने भनिएको विवाह गर्न नमानेको भन्दै बेहुलीका पिता मथुरा साहले दिएको उजुरीको आधारमा बेहुलाका पितालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जनाकारी दिनुभयो ।

उहाँले दाइजो लिनु र दिनु दुवै दण्डनीय अपराध रहेकाले दाइजोकै निहुमा विवाह गर्न नमानेका गणेश साहमाथि सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने बताउनु भयो ।

बेहुला हरिशङकर फरार रहेको र उनको खोजी भइरहेको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । बेहुलिका पिता मथुरा साहले दाइजोवापतको रु ५० हजार बेहुला पक्षलाई पहिले नै दिएको र सकार गरेको तीन कठ्ठा जग्गा बैंकमा धितो भएका कारण समयमा दिन नसकेपछि विवाह भाडिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts