Saturday, May 14, 2016

अपराध नियन्त्रणसम्बन्धी प्रहरीको गोष्ठी

विराटनगर, १ जेठ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागद्वारा आज विराटनगरमा ‘अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिक र प्रहरीको समन्वयात्मक भूमिका’ विषयक अन्तक्र्रियाको आयोजना गरियो ।

सो कार्यक्रममा सरकारी निकायका सामाजिक सङ्घसंस्था, गैरसरकारी संस्थाका पदाधिकारीका साथै महिलाकर्मी, नागरिक समाजको सहभागिता थियो ।

सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले प्रहरीको एकल प्रयासबाट मात्र अपराध रोकथाम र नियन्त्रण सम्भव नभएकाले आमनागरिकलाई पनि अपराध र अपराधीका बारेमा सूचना दिनुपर्ने बताउनुभयो ।

पूर्वाञ्चल क्षेत्रका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा सहभागीहरुले राखेका जिज्ञासाको विषयमा प्रजिअ तोयम राय र प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जवाफ दिनुभएको थियो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts