Wednesday, June 1, 2016

एमालेको बल्खुस्थित कार्यालय भत्काउन ठेकेदार तय

काठमाडौँ, १९ जेठ । नेकपा (एमाले) कार्यालय व्यवस्थापन कार्यदलले भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित पुरानो कार्यालय भत्काई सफाइ गर्न ठेक्का दिएको छ ।

कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले बोलपत्रमा प्राप्त आशयको अध्ययन गरी सबैभन्दा बढी रकम रु ३१,००,००१ बोलकबोल गर्ने राम श्रेष्ठ (काठमाडौँ–११, माइतीघर) लाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गरेको हो ।

यही ठेकेदारसँग जेठ २१ गतेसम्म नेकपा (एमाले) केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्झौताका लागि बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts