Wednesday, June 1, 2016

पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि

ललितपुर, १९ जेठ । नेपालका तत्कालीन राजा वीरेन्द्रको परिवारप्रति विधिपूर्वक वार्षिक श्राद्ध र सामूहिक श्रद्धाञ्जलि गरिएको छ ।

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । तत्कालीन राजा वीरेन्द्रसहित उहाँको परिवारको २०५८ जेठ १९ गते राति हत्या भएको थियो ।

सो अवसरमा परिषद्का अध्यक्ष शङ्कर पौडेलले २०५८ सालदेखि निरन्तर वार्षिक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री दिनबन्धु अर्याल, विश्व हिन्दू महासङ्घका अध्यक्ष हेमबहादुर कार्की, विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष नीलप्रसाद भण्डारीलगायत वुद्धिजीवी, समाजसेवी, प्राध्यापक, डाक्टर, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts