Monday, June 13, 2016

ताप्लेजुङमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

ताप्लेजुङ, ३२ जेठ ।  अविरल वर्षाका कारण गएराती १ बजेतिर ताप्लेजुङ नगरपालिका ८ का मनकुमार तामाङको घरको माथिबाट ढिस्को झरेर घर पुर्दा दुई बालबालिकाको ज्यान गएको छ ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामबहादुर केसीका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका ८ का मनकुमार तामाङका ४ वर्षिया छोरी अंशु तामाङ ३ बर्षिय छोरा अमृत तामाङ रहेका छन् । मृतक बालबालिकाका दिदी र आमा घाइते भएका छन् ।
आमा सिता तामाङलाई घाँटी मुनिको भाग पुरीएको अवस्थाबाट गाउँलेले उद्धार गरेर जिल्ला अस्पताल ताप्लेजुङ पु¥याएका छन् । बुबा मनकुमार भने बैदेसिक रोजगारीका लागि विदेशमा रहेको आफन्तले जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts