काठमाडौँ, २६ जेठ । ‘कलाका कुरा’ अन्तर्गत आज नेपाल कला परिषद्मा भएको विशेष शृङ्खलामा कलाकार समुन्द्रमानसिंह श्रेष्ठको ‘इम्बोडिड इन्लाइमेन्ट’ शीर्षकको एकल कला प्रदर्शनीका बारेमा चर्चा गरियो ।
बोधिसत्व ग्यालरीको आयोजनामा कला परिषद्मा जारी प्रदर्शनीको कलाकार तथा कला समीक्षक रमेश खनाल, प्रदर्शनीका क्युरेटर डा डिना बाङ्देल र बोधिसत्व ग्यालरीका निर्देशक प्रज्वल शाक्यले श्रेष्ठका कला र नेपाली कलामा पौभाको प्रभावका बारेमा आ–आफ्ना धारणा राख्नु भयो ।
नेपालमा कलाकार र ग्यालरीका बीचको अन्तरसम्बन्ध, कलाकारका कलाकृतिको चिन्तन र शैली, विषय र त्यसको प्रस्तुतिले पार्ने प्रभावलाई अधिकांश वक्ताले जोड दिएका थिए । उनीहरुले नेपालमा पौभा कला क्षेत्रमा नयाँ विषय र माध्यममा कलाकारले काम गर्न थालेको समेत बताए ।
सो कार्यक्रममा डा वाङ्देलले श्रेष्ठका कलाले नेपाली पौभा कलामा नयाँपन दिन सकेको बताउँदै विदेशी विद्वान्ले पनि परम्परागत कलामा परिवर्तन नहोस् भन्ने चाहने दृष्टान्त दिनुभयो ।
अर्का वक्ता खनालले विभिन्न कालखण्डमा पौभा कला रुपान्तरण हुँदै आएकोे बताउँदै श्रेष्ठका कला सीप र सिर्जनाको संयोजनमा निकै खारिएको धारणा राख्नुभयो ।
ग्यालरी निर्देशक शाक्यले श्रेष्ठका कलामा धर्म र संस्कृतिका विषय आएको बताउँदै मानिसलाई सानैदेखि प्रभाव पार्ने सो विषय आउनु स्वाभाविक भएको बताउनुभयो ।
नेपाल ललितकला पत्रकार समाजले हरेक महिना बुधबार पारेर ‘कलाका कुरा’ गर्ने गर्छ । रासस
No related posts.
No comments:
Post a Comment