Wednesday, June 8, 2016

चट्याङ लागेर एकै घरका तीन जना गम्भीर घाइते

दाङ, २६ जेठ । चट्याङ लागेर आज दाङको देउखुरीमा एकै घरका तीन जना गम्भीर घाइते भएका छन् ।

चट्याङ लागेर सिसहनियाँ–४ पिपरीमा एकै घरका तीन जना घाइते भएका हुन् । चट्याङ लागेर ५२ वर्षीय जीतबहादुर चौधरी, उहाँका छोराहरु लहानु चौधरी र गोद्र्धन चौधरी घाइते हुनुभएको हो ।

बिहान छेदु चौधरीको घर नजिक खेतमा काम गर्न गएका बेला पानी परेपछि घरमा ओत लागेर बसेका बेला चट्याङ परेको र एकै घरका तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेमध्ये गोवद्र्धन चौधरी र लहानु चौधरी गम्भीर घाइते छन् । चट्याङले घरमा समेत क्षति पुगेको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । मङ्गलबार सिसहनियाँ–२ जगपुरका श्यामदेव चौधरीको चट्याङमा परी मृत्यु भएको थियो । त्यस्तै लालमटिया–५ खिनैटाकी एक अर्की महिला घाइते भएकी थिइन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts