काठमाडौँ, १० असार । कवि जगत् उपाध्याय प्रेक्षितले आज यहाँ एकल कविता वाचन गर्नुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकुलसचिव उहाँले विसं २०४६ देखि ७२ सम्म रचना गरेका विभिन्न कवितामध्ये एक दर्जन कविता वाचन गर्नुभयो ।
जनसाहित्यिक मञ्चको आयोजनामा अविरल जनसाहित्य यात्रा–२७ शृङ्खलाअन्तर्गत वाचित ती कवितामा समसामयिक, राजनीतिक घटनाक्रम, राष्ट्रियता, मानवीयता लगायत विषयमा वाचन गरिएका ती कवितामध्ये ११ पद्यमा र एक गद्यमा थिए ।
सो अवसरमा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले उपाध्यायका कविताले समाज सुधार्नका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै मुलुकमा सामाजिक सद्भाव कायम गर्न तथा आर्थिक रुपान्तरणका लागि साहित्यकारले सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समाजको सशक्तीकरणका लागि उपाध्यायले रचना गरेका कविताले दिशा निर्देश गर्ने बताउँदै नेपाली साहित्यलाई प्रवद्र्धन गर्नका लागि प्रतिष्ठानले विभिन्न साहित्यकारका प्रतिष्ठित कृतिलाई ंंअनुवाद गरी अन्तर्राष्ट्रिय तहमा पु¥याउन गृहकार्य गरिरहेको बताउनुभयो ।
एमालेका उपमहासचिव घनश्याम भुसालले मुलुकमा भएका राजनीतिक सङ्क्रमणका कारण नेपाली साहित्यले गति लिन नसकेको अवस्थामा साहित्यकारले कल्पनामा भन्दा बढी मुलुकको वास्तविकतासँग आत्मसात् गरी रचना सिर्जना गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्रा केशव सुवेदीले वाचित कविताको समालोचना गर्नुभएको थियो भने मञ्च, काव्य विभाग प्रमुख डा विन्दु शर्माले उपाध्यायको व्यक्तित्वबारे जानकारी दिनुभएको थियो । सो अवसरमा मञ्चका महासचिव विनोद मन्जनले पनि बोल्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment