Tuesday, June 7, 2016

दैलेखमा द्वन्द्वकालका २८१ उजुरी दर्ता

दैलेख, २५ जेठ । स्थानीय शान्ति समिति दैलेखले अहिलेसम्म सत्य निरुपण मेलमिलापतर्फ २६३ र बेपत्तातर्फ १८ वटा निवेदन परेको जानकारी गराएको छ ।

द्वन्द्वपीडितले समितिमा दिएकामध्ये सत्य निरुपणतर्फका दुई सय ६३ र बेपत्ता आयोगतर्फका १८ वटा उजुरी काठमाडौँ पठाइसकेको समितिले बताएको छ ।

पछिल्लो समयमा निवेदन आउने क्रम बढेकाले निवेदन लिने समयसीमा थप गर्न जनताले माग गरेको स्थानीय शान्ति समितिका संयोजक रणबहादुर सिंहले जानकारी दिनुभयो ।

बेपत्तातर्फको निवेदन जेठ मसान्तसम्म भने पनि पछिल्लो समयमा टाढा टाढाबाट आउने क्रम जारी भएपछि समितिले म्याद थप्ने योजना बनाएको समितिका सचिव सन्तोषी प्याकुरेलले जानकारी दिनुभयो ।

सत्य निरुपण तथा मेलमिलापतर्फ आउँदो असार २ गतेसम्म निवेदन लिने समय तोकिएको छ । दैलेखमा एक हजारभन्दा बढी निवेदन दिने अपेक्षा समितिले राखेको छ । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts