Tuesday, June 7, 2016

ट्रकमा सुतेको अवस्थामा मृत्यु

इनरुवा, २५ जेठ । इनरुवा–९ वलाहामा ट्रकमा सुतेको अवस्थामा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट पौराही–८ बस्ने ३१ वर्षका प्रेम कुस्वार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना४ख ३१४९ नं को ट्रकका चालक, सहचालक र ट्रक मालिक बेलुकाको खाना खाई ट्रकभित्रै सुतेको र बिहान ट्रक मालिक कुस्वार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–५ मा ट्रकको ठक्करबाट आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनीभासी नगरपालिका–२ झुम्का बस्ने रोशन घिमिरे र हंशराज राई रहेको प्रहरीले जनाएको छ ।

पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको बा६ख ७०८ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको को७प ५३६९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts