Tuesday, June 7, 2016

चोरीको मोटरसाइकल धनीलाई बुझाइयो

मेलम्ची, २५ जेठ । गत चैत पहिलो साता काठमाडौँबाट हराएका बा३५प ८१४८ र बा५१प ४१५६ नंका मोटरसाइकल आज सम्बन्धित धनीलाई बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई सवारी धनीहरु ललितपुर बालकुमारीका प्रेमकृष्ण महर्जन र काठमाडौँ मुलपानीका सुजन खड्कीले प्रहरी समक्ष मोटरसाइकलको काजगपत्र बुझाएपछि ती सवारी साधन हस्तान्तरण गरिएको हो ।

काठमाडौँबाट हराएका ती मोटरसाइकल १५ दिन अघि इलाका प्रहरी कार्यालय मेलम्चीले फेला पारेको थियो । प्रहरीका अनुसार सवारी जाँच गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । मोटरसाइकल चालक भने सवारी दर्ता किताब लिएर आउँछु भन्दै फरार भएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts