Wednesday, June 8, 2016

चन्दा सङ्कलन गरेर कार्यालय निर्माण

ताप्लेजुङ, २७ जेठ । ताप्लेजुङको खोक्लिङमा शेर्पा समुदायले चन्दा सङ्कलन गरेरै रु १५ लाख बढीको लगानीमा दुईकोठे कार्यालय भवन निर्माण गरेका छन् ।

नेपाल शेर्पा सङ्घ खोक्लिङको कार्यालय व्यवस्थापनका लागि स्थानीय शेर्पा समुदायले चन्दा सङ्कलन गरी भवन निर्माण गरेका हुन् ।

दुईतले भवन निर्माणका लागि खोक्लिङ–९ का लालबहादुर शेर्पा र श्रीमती रिञ्जिमा शेर्पाले रु दुई लाख बराबरको एक रोपनी नौ आना जग्गा निःशुल्क दिनु भएको थियो । सोही ठाउँमा नै उक्त भवन निर्माण गरिएको हो ।

भवनको बुधबार एक विशेष कार्यक्रमका बीच उद्घाटनसमेत गरिएको छ । नेपाल शेर्पा सङ्घका केन्द्रीय सदस्य पासाङरीता शेर्पाले भवनको उद्घाटन गर्नुभएको स्थानीयवासी पेम्बा शेर्पाले बताउनुभयो ।

यसअघि आफ्नै भवन नहुँदा समस्या झेल्दै आएका शेर्पा समुदायलाई भवन निर्माणपछि कार्यालय व्यवस्थापनमा सहज भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts