Wednesday, June 15, 2016

मोबाइल एक्स्पो सुरु

काठमाडौँ, १ असार । काठमाडौँको नयाँ बसपार्कस्थित बिजी मलमा आजदेखि मोबाइल एक्स्पो सुरु भएको छ ।

मिस नेपाल अश्मी श्रेष्ठले उक्त एक्स्पोको उद्घाटन गर्दै सञ्चारको माध्यम मोबाइल अहिले मानिसको सबैभन्दा अत्यावश्यक वस्तुमध्ये एक भएको बताउनुभयो । उहाँले मोबाइलको स्तरसँगै मानिसको व्यक्तित्व समेत झल्किने भएकाले आधुनिक जीवनसँगै यसको महत्व बढ्दै गएको बताउनुभयो ।

एक्स्पोमा ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना समेत राखिएको छ । एक्स्पो अवधिभर ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान किन्दा २० प्रतिशत छुट पाउनुका साथै मलमा आउने ग्राहकमध्ये दुई जनाले दैनिक लक्की ड्रमार्फत स्मार्ट फोन प्राप्त गर्नेछन् ।

यसैगरी रु १० हजार भन्दा बढीको सामान खरिद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहकमध्ये दुई जनाले नगद फिर्ता पाउने योजना समेत रहेको छ । एक्स्पो अवधिमा एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीले विशेष उपहार पाउने छन् । सबै ब्राण्डका मोबाइल राखिएको एक्स्पोमा रु एक हजारदेखि रु ९९ हजार सम्मका मोबाइल सेट राखिएका छन् ।

एक्स्पो अवधिमा मोबाइल खरिद गर्नेमध्ये एक जोडीले दुई रात तीन दिनको पोखरा भ्रमण समेत सित्तैमा गर्न पाउने छन् । उक्त एक्स्पो यही असार ११ गतेसम्म चल्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts