Wednesday, June 15, 2016

सबैलाई आफ्नो धर्म संस्कृति मान्ने अधिकार छ – गृहमन्त्री

काठमाडौँ, १ असार । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधानअनुसार सबै नेपालीलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार भएको बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले संविधानले कुनै पनि जातजाति, भाषाभाषी, धर्म संस्कृतिलाई विभेद नगरेको अवगत गराउनुभयो ।

महासङ्घले गत जेठ २८ गते दोलखाका विद्यालयमा भूकम्पसम्बन्धी सचेतना कार्यक्रम गर्ने क्रममा ख्रीष्टियन समुदायका आठ जना व्यक्तिलाई प्रहरीले धर्म प्रचारको आरोपमा पक्राउ गरेको जानकारी गराउँदै उनीहरुको रिहाइको माग गरेको थियो ।

सबैलाई स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने र वकालत गर्ने अधिकार भए पनि त्यसका लागि समय, स्थान र सन्दर्भका बारेमा ध्यान पु¥याउन आग्रह गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “विद्यालयमा धार्मिक कार्यक्रम गर्नु उपयुक्त होइन ।” उहाँले धार्मिक विषयका घटनालाई कसैले पनि अनावश्यक रुपमा विवादमा नल्याइदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा महासङ्घका महासचिव सिबी गहतराजले ख्रीष्टियन समुदायले सबै धार्मिक समुदायलाई सम्मान गर्दै धार्मिक सद्भाव र एकता चाहेको बताउँदै भन्नुभयो, “हामी कसैको पनि धर्म जबर्जस्ती परिवर्तन गर्न चाहँदैनौँ । नागरिकले आफ्नो धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न हुँदैन ।”

दोलखा प्रहरीले धर्म प्रचार गरेको आरोपमा जेठ २८ गते बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङलगायत चरिकोटस्थित माउन्टभ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई पक्राउ गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts