Wednesday, June 8, 2016

कामु प्रधानन्यायाधीश नुवाकोटमा

त्रिशूली (नुवाकोट), २६ जेठ । कायममुकायम प्रधान न्यायाधीश सुशीला कार्कीले आज नुवाकोट जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ ।

उहाँले जिल्ला अदालतमा निर्माण हुन लागेको अदालतको भवनका बारेमा जानकारी लिनुभयो । भूकम्पका कारण जिल्ला अदालत भत्किएपछि प्रिफेवको भवनमा अदालत सञ्चालन हुँदै आएको छ ।
जिल्ला अदालतको सुविधा सम्पन्न भवन निर्माणको प्रक्रिया सुरु भएको छ ।

कामु प्रधान न्यायाधीश कार्कीले नेपाल बार एसोसियनका टोलीसँग पनि भेटघाट गर्नुभएको स्रेस्तेदार उद्धव गजुरेलले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts