दमौली, २८ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बन्दीपुर नगरपालिका र छिपछिपे गाविस जोड्ने १२९ मिटर लामो झोलुङ्गे पुलको आज उद्घाटन गर्नुभयो ।
नेता पौडेलले सो अवसरमा कृषि, जलस्रोत र पर्यटनको विकास हुनसके मात्रै मुलुक माथि उठ्न सक्ने धारणा राख्नुभयो । मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गर्न काँग्रेस लागिपरेको दाबी उहाँले गर्नुभयो ।
सो पुल जिल्ला विकास समिति तनहुँको रु ७३ लाख ६९ हजारको लागतमा सम्पन्न भएको हो ।
पुल निर्माण भएपछि तनहुँका विकट ग्रामीण क्षेत्रका आधा दर्जन बढी गाविसका ४० हजारभन्दा बढी बासिन्दा लाभान्वित हुने बताइएको छ । रासस
No comments:
Post a Comment