Friday, June 10, 2016

भद्र सहमति भएको छैन–महासचिव पोखरेल

विराटनगर, २८ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकार निर्माणको क्रममा कुनै भद्र सहमति नभएको स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले भद्र सहमतिको विषयलाई अभद्र तरिकाले सम्प्रेषण गरिएको विषय दुःखद् रहेको बताउनुभयो ।

उहाँले सरकार निर्माणको बेलामा एमाओवादीसँग नौबुँदे सहमतिबाहेक अरु कुनै सहमति नभएको चर्चा गर्दै अब संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस र एमालेबीच भएको बैठकमा समझदारीका साथ संविधान कार्यान्वयन र नयाँ कानुन तथा कानुन संशोधनका लागि सहमति भएको जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts