Thursday, June 16, 2016

राजदूत ह्वाइटद्वारा सामुदायिक भवन उद्घाटन

काठमाडौँ, २ असार । नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट र युएनडिपीका देशीय निर्देशक रेनाउड मेयरले आज संयुक्तरुपमा नुवाकोट जिल्लामा दुईवटा सामुदायिक केन्द्रको उद्घाटन गर्नुभयो ।

यी दुई भूकम्पप्रतिरोधी भवनले लघु उद्यामीहरुलाई आफ्ना व्यापार र व्यवसाय पुनः सुरु गर्न सहायता पुग्नेछ ।

सो अवसरमा राजदूत ग्लेनले ती भवनले उद्यमीलाई आफ्नो खुट्टामा उभिई जीविका गर्न र आफ्ना घर बनाउन मद्दत गर्ने बताउनुभयो ।

युएनडिपीका देशीय निर्देशक मेयरले व्यवसायीले व्यवसाय गुमाएपनि सीप नगुमाएको बताउँदै युएनडिपीले भूकम्पपश्चात द्रुतगतिमा सहायता पु¥याएको उल्लेख गर्नुभयो ।

सन् २०१५ मा अष्ट्रेलियाले युएनडिपीको शीघ्र उद्यम तथा जीविका पुनरुत्थान आयोजनाका लागि ५८ लाख अमेरिकी डलर प्रदान गरेको थियो भने केवल १२ महिनाको अवसरमा १३९ वटा यस्ता सामूहिक केन्द्र निर्माण गरिनुका साथै सात जिल्लाका चौध हजार जनताले आफू पहिलेको अवस्थामै फर्कन वा नयाँ उद्यम स्थापना गर्न सफल भएका थिए ।

आयोजनाले भूकम्पबाट अतिप्रभावित नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे र सिन्धुलीमा काम गरेको थियो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts