Monday, June 13, 2016

एमाले मुख्यालय मङ्गलबारदेखि भत्काइने

काठमाडौँ, ३१ जेठ । भूकम्पबाट क्षतिग्रस् नेकपा (एमाले)को मदननगर बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको भवन मङ्लबारदेखि भत्काइने भएको छ ।

तीन महिनाभित्र जीर्ण भवन भत्काइसक्ने गरी काम सुरु गरिने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले रु ३१ लाखमा साढे चारतले उक्त भवन भत्काउने जिम्मा पाउनुभएको छ । सो भवन भत्काएर निर्माणमा प्रयोग गरिएका पुराना सामग्री ठेकेदारले नै लैजाने कार्यालय सचिव श्रेष्ठको भनाइ छ ।

मदननगरस्थित केन्द्रीय कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएपछि एमाले मुख्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts