Wednesday, June 8, 2016

चौतारी नयाँ कार्यसमितिलाई सम्मान

काठमाडौँ, २६ जेठ । नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घले प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई आज सम्मान गरेको छ ।

यहाँ आयोजित कार्यक्रममा महसङ्घका अध्यक्ष खगेन्द्र राईले चौतारीका अध्यक्ष गणेश बस्नेतसहित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई सम्मान गर्नुभएको हो ।

उक्त कार्यक्रममा अध्यक्ष राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भएका गतिविधिलाई सञ्चार क्षेत्रले स्थानीय समाजमा सुसूचित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सञ्चारकर्मीलाई व्यावसायिक तथा रचनात्मक हुन आग्रह गर्नुभयो ।

चौतारीका अध्यक्ष बस्नेतले नेकपा (एमाले)का निकट दुवै संस्था भएर पनि एकअर्काबीच अहिलेसम्म राम्रो समन्वय हुन नसकेको बताउँदै अब सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जनसाहित्यिक मञ्चका अध्यक्ष राम विनयले जनपक्षीय हितका लागि महासङ्घले सबै वर्गीय संस्थासँग मिलेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
ललितकला मञ्चका अध्यक्ष लालकाजी लामाले कलाकार, साहित्यकार र पत्रकारले समाजमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सशक्त भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts