Wednesday, June 8, 2016

बागलुङ रेडक्रसमा लागेको ताला खुल्यो

बलेवा (बागलुङ), २६ जेठ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङमा लागेको ताला एक सातापछि बुधबार खुलेको छ । शाखाले विधि विपरीत उपशाखा गठन र तदर्थ समिति गठन गरेको भन्दै तीन वटा उपशाखाले गत साता ताला लगाएका थिए ।

असन्तुष्ट उपशाखाका तर्फबाट उठाइएका विषयहरु विधान बमोजिम भए÷नभएको यथार्थ छानबिन गरी निर्देशन गर्ने गरी केन्द्रीय कार्यालयमा अनुरोध गर्ने सहमतिपछि ताला खोलिएको भीमापोखरा उपशाखाका खीमबहादुर कार्कीले जानकारी दिनुभयो । भीमापोखरा, रेश र बानपा–८ को विवादित रेडक्रस सदस्यता, अधिवेशनसम्बन्धी सम्पूर्ण रजिस्ट्रर तथा निर्णय अभिलेख छुट्टै कोठामा राखेर ताला लगाएर छानबिनका लागि केन्द्रलाई दिने सहमति भएको छ ।

विवादित कागजातहरु रेडक्रसकै एउटा कोठामा राखेर दुवै पक्षको ताला लगाई केन्द्रलाई छानबिनका लागि दिइने छ । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको संयोजनमा मङ्गलबार रेडक्रस जिल्ला शाखा सभापति तथा असन्तुष्ट उपशाखाका प्रतिनिधिबीचको बैठकले एक सातादेखि लगाइएको ताला खोल्ने निर्णय गरेको थियो ।

उपशाखा गठन, तदर्थ समिति निर्माण, सदस्यता वितरणलगायतका विषयमा जिल्ला शाखाले एकलौटी ढङ्गबाट काम गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी भीमापोखरा उपशाखा, रेश र बानपा–८ ले संयुक्त रुपमा जेठ १९ गते जिल्ला शाखा कार्यालयमा तालाबन्दी गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts