Friday, June 3, 2016

करेन्ट लागेर युवकको मृत्यु

लहान, २२ जेठ । सिरहाको पोखरभिण्डा गाविसमा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

पोखरभिण्डा–९ निवासी १९ वर्षीय सन्तोषकुमार यादवको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ ।

करेन्ट लागेर बेहोस भएका यादवलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts