Friday, June 3, 2016

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लहान, २२ जेठ । मार्डर–सिरहा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका–१६ स्थित सडकमा गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा नगरपालिका–३ निवासी ६५ वर्षीय शिवनारायण साह रहेको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ ।

राति ९ बजेतिर ना३८प ६०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते साहको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक सिरहा नगरपालिका–२ निवासी ३० वर्षीय सुरेन्द्र साह घाइते भएकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाएको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts