Saturday, June 11, 2016

दुर्घटनामा एकको मृत्यु

इटहरी, २९ जेठ । सुनसरी जिल्लाको पूर्व–पश्चिम राजमार्गको रामधुनीभासी नगरपालिका स्थित झुम्का बजार क्षेत्रमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतिर अवलोकन भ्रमणमा आउँदै गरेको बा ३ ख ५२८४ नंको बसले रामधुनी–५ निवासी साइकलयात्री ४० वर्षीय रोहित भण्डारीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको र उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पु¥याएपछि मृत्यु भएको प्रहरीले बताएको छ ।

साइकलयात्री भण्डारीलाई ठक्कर दिने बस तथा त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts