बेनी (म्याग्दी), २९ जेठ । कालिगण्डकी नदीमा पौडी खेल्न गएका एक बालक आज बेलुकी नदीले बगाउँदा बेपत्ता भएका छन् ।
कालीगण्डकीको जुकेधारा नजिक नदीमा पौडी रहेका म्याग्दी कुहुँ–६ का १२ वर्षीय प्रदीप रोका नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेनीको न्यु वेष्ट प्वाइन्ट आवासीय उच्च माविमा कक्षा ५ मा अध्ययरत रोका साथीसँग खोलामा पौडी खेल्न गएका अवस्थामा बेपत्ता भएपछि खोजीकार्य गरिएको पर्वतबेनी प्रहरी चौकीका प्रमुख घनश्याम ढकालले बताउनुभयो ।
बेपत्ता रोकाको खोजीकार्य गर्न प्रहरीले तटीय क्षेत्रका बासिन्दासँगै मालढुङ्गासम्म खोजीकार्य गरिरहेको छ । वर्षायाम सुरु भए पनि बिदा र अन्य समयमा म्याग्दी र कालिगण्डकीमा पौडी खेल्न जान छोडेका छैनन् ।
प्रहरी कार्यालय नजिकै म्याग्दी नदीसहित आसापासका क्षेत्रमा पौडी खेले पनि सरोकारवाला निकायलेसमेत त्यसलाई बेवास्ता तथा अभिभावकले आफ्ना बालबालिकामाथि निगरानी नराख्दा जोखिम बढेको छ । रासस
––––––––
No comments:
Post a Comment