Friday, June 10, 2016

तामाङविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्त लिएको एक शिक्षकविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जिल्ला शिक्षा कार्यालय नुवाकोटअन्तर्गत साल्मे माध्यमिक विद्यालयका शिक्षक दिलमान तामाङले सुरु नियुक्ति प्रयोजनको लागि पेस गरेको बिहार विद्यालय परीक्षा समिति पट्ना भारतबाट सन् १९८८ मा हाइस्कुल तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र अनुसन्धानबाट नक्कली एवम् झुट्टा देखिन आएकाले शिक्षक तामाङमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदाबी गर्दै आयोगले आरोपपत्र दायर गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts