Friday, June 10, 2016

गणेशमान स्मृति क्रिकेटको उपााधि हिमालयनलाई

रौतहट, २८ जेठ । सरस्वती युवा क्लब चन्द्रनिगाहपुरको आयोजनामा सञ्चालित गणेशमानसिंह स्मृति राष्ट्रिय नकआउट प्रतियोगिताको उपाधि हिमालयन क्रिकेट एकेडेमी काठमाडौँले जितेको छ ।

चन्द्रपुर–४ स्थित खेल मैदानमा आज आयोजित प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब भैरहवालाई ४५ रनले पराजित गर्दै हिमालयन विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको हिमालयनले २२३ रनको विशाल स्कोर खडा गरेको थियो । हिमालयनका लागि दिलीप नाथले ७१, प्रदीप ऐरीले ८६ र दीपेन्द्र ऐरीले १८ रन तथा लुम्बिनीका लागि मानबहादुर थापाले ३ विकेट, एकलाब अहमदले ३ विकेट र साह आलमले २ विकेट लिएका थिए । निर्धारित २० ओभरमा लुम्बिनी ७ विकेटको क्षतिमा १७९ रनमा समेटिन पुग्यो । लुम्बिनीका लागि कीर्तन गुरुङले ४०, शङ्कर रानाले ३९ र प्रकाश केसीले २१ रन बाहेक अन्य खेलाडीले प्रदर्शन गर्न सकेनन् ।

हिमालयनका अविनाश बोहराले ३ र कप्तान भुवन कार्कीले २ विकेट लिएका थिए । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ हिमालयनका प्रदीप घोषित भएका थिए भने ‘म्यान अफ दि सिरिज’ तथा बेस्ट बलर सोही टोलीका कप्तान भुवन भएका थिए ।
सांसद मोहन राईले विजेता हिमालयनलाई रु एक लाख १० हजार र ट्रफी प्रदान गर्नुभयो भने नेपाली काँग्रेस महासमिति सदस्य देवप्रसाद तिमल्सिनाले उपविजेता लुम्बिनीलाई रु ५५ हजार तथा ट्रफी प्रदान गर्नुभयो । कार्यक्रमको अध्यक्षता सरस्वती युवा क्लब चन्द्रनिगाहपुरका अध्यक्ष शिव पुरीले गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts