Wednesday, June 15, 2016

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

बुटवल, १ असार । रुपन्देहीको देवदहमा आज भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको बुटवल–देवदह खण्डअन्तर्गत देवदह बजार नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलबाट सुनावलतर्फ जाँदै गरेको लु१ख ७४३६ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१२प ९४३८ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक देवदह निवासी जनकलाल मगरको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts