Friday, June 10, 2016

मोटरसाइकल दुर्घटनामा समाजसेवी युवकको मृत्यु

फलेवास (पर्वत), २८ जेठ । सामाजिक क्षेत्रमा क्रियाशील रोट¥याक्ट क्लब अफ पर्वतका अध्यक्ष सन्तोष पौडेलको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ ।

सदरमुकाम कुश्माबजारदेखि पोखरातर्फ जाँदै गर्नुभएका पौडेल सवार ध१प १९४७ नंको मोटरसाइकलको टायर अचानक पड्किएर अनियन्त्रित हुँदा ग१ख ४३५४ नंको टिपरमा ठोकिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका पौडेलको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा बिहान ७ः३० बजे मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलमा पछाडि सवार पर्वतकै खौलालाकुरी गाविस–५ का हरिप्रसाद सापकोटाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

लामो समयदेखि मानवीय सेवामा क्रियाशील २७ वर्षीय पौडेलको निधनले पर्वतवासी शोकमा डुबेका छन् । गत मङ्सिरमा मात्रै उहाँ विवाह बन्धनमा बाँधिनुभएको थियो । उहाँ पर्वतका सफल व्यवसायी र युवासङ्घ पर्वतका नेता समेत हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts