Monday, June 13, 2016

पन्ध्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन सम्पन्न

जनकपुरधाम, ३१ जेठ । सात सूत्रीय जनकपुर घोषणापत्र जारी गर्दै पन्ध्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन आज सम्पन्न भएको छ ।

सम्मेलनले हिन्दी भाषालाई राष्ट्रियस्तरमा मान्यता दिन सरकारका सबै निकायसँग अनुरोध गर्ने र शिक्षा क्षेत्रमा पूर्ववत् हिन्दी भाषालाई प्रतिष्ठापित गर्न माग गरेको छ । मधेसका सबै विद्यालयमा प्राथमिक तहदेखिनै हिन्दी भाषाको पठनपाठन तथा शिक्षकको नियुक्ति र पाठ््यसामग्री एवम् आधुनिक उपकरणको व्यवस्था हुनुपर्ने र हिन्दीलाई संस्कृतिको सम्मान दिन सम्मेलनले ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियस्तरमा आयोजित हिन्दी सम्मेलनलाई राज्यबाट आर्थिक अनुदान दिनुपर्ने, हिन्दी भाषामा स्नातकोत्तर स्तर अध्ययनरत छात्रलाई छात्रवृति प्रदान गर्नुपर्ने र संविधानमा हिन्दी भाषालाई पनि दोस्रो राष्ट्रभाषा घोषणा गर्नुपर्ने माग पनि सम्मेलनले गरेको छ ।

नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा आयोजित सो सम्मेलनमा नवलपरासीका ८० वर्षीय साहित्यकार डा कौशलेन्द्र श्रीवास्तवलाई ‘राजर्षी जनक प्रतिभा’ पुुरस्कार प्रदान गरिएको थियो । पुरस्कारमा रू ५५ हजार ५५५ नगद र कदरपत्र रहेको छ ।

त्यस्तै, वरिष्ठ साहित्यकार नथुनी सिंह दनुवार, लक्ष्मण यादव, कैलाश प्रसाद, अभय शर्मा, रामायणीनारायण शरण, शिवशङ्कर दास, विमलविहारी शरण, पण्डित कैलाश मिश्र, बलराम सिन्हा, कैलाश महतो, वासुदेवप्रसाद चौधरी, प्रकाश राय, वीरेन्द्र कवीर पन्थी र रामशङ्कर मण्डललाई सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts