कलैया, १९ जेठ । प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ स्थानीय सञ्चारमाध्यम प्रवद्र्धन र आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरियो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पत्रकारिता र प्रशासनबीच समन्वयको भावना हुनुपर्छ भन्दै सत्यतथ्य समाचारलाई नै प्रकाशनमा ल्याउनुपर्छ भन्नुभयो ।
पत्रकार महासङ्घ बाराका अध्यक्ष कमलप्रसाद उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा काउन्सिलका सदस्य गोविन्द चौगालाईंले अपाङ्गद्वारा प्रकाशित पत्रिकामा काउन्सिलले सहुलियत दिनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment