काठमाडौँ, १९ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।
खाने नलीमा समस्या बढेपछि उहाँलाई गत सोमबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँका छोरा राजु गुरुङका अनुसार सोमबार उहाँको स्वास्थ्य गम्भीर बनेपछि अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँले भन्नुभयो – ‘‘उहाँको खाने नलीमा पाइप (वाल स्टेन) राखिएको थियो । त्यसमा खानेकुरा जमेर नली बन्द भएपछि समस्या आएको थियो । हिजो नली सफा गरेपछि स्वास्थ्यमा सामान्य सुधार आएको छ ।”
उहाँलाई अझ केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।
वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिना अघि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा खानेनलीमा पलाएको टुयुमरका उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई पार्किन्सनको पनि समस्या छ । रासस
Wednesday, June 1, 2016
वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment