Monday, June 13, 2016

‘मा ललितकला केन्द्र’का लागि शान्ति र सद्भाव

काठमाडौंँ, ३१ जेठ । ‘शान्ति र सद्भाव–२’ शीर्षकमा ७२ कलाकारका चित्र प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भइरहेको छ ।
दोलखाको गैरीमुदीमा ‘मा’ नामको ग्रामीण ललितकला केन्द्र’ निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले गरिएको आइतबारदेखि भएको प्रदर्शनीमा नेपालका नाम चलेका प्रायःजसो सबै कलाकारका कलाकृति राखिएको छ ।
हिमालयन कला तथा संस्कृति फाउन्डेसनद्वारा आयोजित तीन दिनसम्म रहने सो प्रदर्शनीमा मनुजबाबु मिश्र, शशी शाह, विजय थापा, कृष्ण मानन्धर, रागिनी उपाध्याय, शङ्करराजसिंह सुवाल, केके कर्माचार्य, किरण मानन्धर, राधेश्याम मुल्मी, हरिबहादुर खड्का, शान्तकुमार राई, उमेश श्रेष्ठ, नवेन्द्र लिम्बू, सिर्जन राजभण्डारी, राजन काफ्ले, सुषमा राजभण्डारी, नारदमणि हातम्र्छाली, एससी सुमन, उत्तम डङ्गोल लगायतका कलाकृति राखिएको छ ।
दुई हजार पाँच सय ६० औं बुद्धजयन्तीको अवसरमा गरिएको सो प्रदर्शनीमा बुद्धका विभिन्न भावभङ्गिमा दर्शाउने चित्र तथा केही मूर्ति राखिएको छ । यो कला प्रदर्शनीले नेपाली कला जगत्लाई केन्द्रबाट गाउँतिर विकेन्द्रित गर्न सघाउ पुग्ने प्रदर्शनीका संयोजक तथा फाउन्डेसनका अध्यक्ष उमेश श्रेष्ठले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts