Friday, June 10, 2016

निकारागुआमा ६.१ रिक्टर स्केलको भूकम्प

मनागुआ, २८ जेठ । उत्तरपश्चिमी निकारागुआमा बिहीबार राति ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि त्यहाँ रहेका सवै बासिन्दा त्रसित भएका जनाइएको छ ।

यस भूकम्पको विस्तृत विवरण र मानवीय तथा भौतिक सम्पत्तिको क्षतिबारे हालसम्म समाचार प्राप्त नभएको बताइएको छ ।

स्थानीय समयाअनसार बिहीबार राति ९ः२५ मा गएको यस भूकम्पको केन्द्रविन्दु हन्डुरसको सीमामा पर्ने पुुएर्टो मोराजानबाट १७ किलोमिटर पूर्वमा १० किलोमिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युइसजिएस) ले जनाएको छ ।

उक्त शक्तिशाली भूकम्पपछि स–साना तीनवटा पराकम्प गएको पनि युएसजिएसले थप जानकारी दिएको छ ।

पुुएर्टो मोराजान निकारागुआको राजधानी मनागुअबाट १२५ किलोमिटर टाढा रहेको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts