Friday, June 10, 2016

धर्म परिवर्तन गराउन लगाउने सात पक्राउ

दोलखा, २८ जेठ । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न लगाउने दुई प्रधानाध्यापकसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलन गरी पाँच जना क्रिश्चियन धर्मका प्रचारक र चरिकोटमा रहेको मोर्डन नेपालका २७ वर्षीय प्रधानाध्यापक विमल शाही र माउन्ट भ्याली एकेडेमीका ५० वर्षीय प्रधानाध्यापक प्रकाश प्रधानलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार काठमाडौँ महानगरपालिका–१८ का ४४ वर्षीया बनिता डङ्गोल, गोरखा जिल्ला मिरकोट गाविस–५ का २५ वर्षीय फिलिप तामाङ ,दोलखा मिर्गे–४ का ३० वर्षीय किरण दाहाल, मकवानपुर राई गाउँ गाविस–३ का ३७ वर्षीय बालकृष्ण राईलाई बिहीबार विद्यालय हाताबाट नै पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुबाट बाइबल पुस्तक उल्लेख्य मात्रामा, ल्यापटप, बाइबललाई छोप्न दिएको कपडालगायत बरामद गरेको छ । साथै उनीहरुले प्रचारमा प्रयोग गरेको बा३च ३७९३ को टोयटा गाडी समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेले बिद्यालयमा जबर्जस्ती बाइबलका किताब दिने, धर्म परिवर्तन गर्न लगाउने र क्रिश्चियन नभए शिक्षकलाई जागिर समेत नदिने भन्ने प्रहरीमा स्थानीय अभिभावकले गुनासो गरेपछि प्रहरीले बिहीबार छापा मारेको थियो ।

उनीहरुलाई मुलुकी ऐन अदालतको महल १९ अन्तर्गत कारबाही गरिने बताइएको छ । प्रहरीका अनुसार जबर्जस्ती धर्म परिवर्तन गर्नु सामाजिक अपराध भएकाले कारबाही गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts