काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा रहेका १०८ इँटाभट्टामा सबैभन्दा बढी बालबालिका सहभागी रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल पत्रकार मञ्चको सहकार्यमा बाल विकास समाजले अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसरमा आज यहाँ आयोजना गरेको इँटा उद्योगमा बालबालिकाको स्थितिबारे गरिएको एक अध्ययन सार्वजनिक कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
काठमाडौँ उपत्यकामा इँटाभट्टा काठमाडौँमा १८, ललितपुरमा २८ र भक्तपुरमा ६२ रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । काठमाडौँमा रहेका कूल इँटाभट्टामा कार्यरत ९३१ कामदारमध्ये ७४० बालबालिका रहेका छन् । त्यसैगरी ललितपुरमा भने कामदारभन्दा बढी बालबालिकाको सङ्ख्या रहेको छ ।
इँटाभट्टामा काम गर्ने अधिकांश कामदारका छोराछोरी विद्यालय नजाने भएकाले काम गर्न सक्ने र नसक्ने दुबै खालका बालबालिका उक्त क्षेत्रमा रमाइरहेका पाइएको समाजका संयोजक किरण कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जम्मा ८०४ कामदार रहेकामा ९७४ जना बालबालिका रहेको तथ्याङ्कमा उल्लेख छ । सहभागी बालबालिकामध्ये सबैभन्दा बढी ३१ दशमलव ११ प्रतिशत पाँच वर्षभन्दा कम उमेरका रहेका छन् भने २८ प्रतिशत पाँचदेखि १० वर्ष उमेर समूहका रहेका र २२ दशमलव ५८ प्रतिशत १० देखि १५ वर्ष उमेर समूहका र १७ दशमलव ३१ प्रतिशत १५ देखि १८ वर्ष उमेर समूहका रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
उक्त अध्ययन १८ वर्षसम्म उमेर समूहका बालबालिकामा डिसेम्बर २०१४ देखि जुन २०१५ सम्म गरिएको जनाइएको छ ।
श्रम विभागका महानिर्देशक केदारबहादुर बोगटीले पछिल्लो समय बालबालिकाका क्षेत्रमा सकारात्मक काम भइरहेको भए पनि आशाअनुरुप अझै काम हुन नसकेको बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment