पर्सा, २५ जेठ । चट्याङ लागेर आज बिहान पर्साको सुर्जाहा गाविसमा एक युवकको मृत्यु भएको छ । बिहान आएको हावाहुरी र पानीसँगै खसेको चट्याङ लागेर गाविसको वडा नं ४ निवासी २५ वर्षीय अनिल यादवको मृत्यु भएको हो ।
घरबाट खेततर्फ जाने क्रममा हावाहुरी र पानीसँगै खसेकोे चट्याङ लागि यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँले मृतक युवकको शव परिक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको पनि बताउनुभयो । रासस
–––––––
No comments:
Post a Comment