Tuesday, June 7, 2016

कोच सङ्ग्रहालय निर्माणका लागि निःशुल्क जग्गा

सुरुङ्गा (झापा), २५ जेठ । तत्कालीन घैलाडुब्बा गाविसका प्रधानपञ्च टेकनारायण राजवंशीको स्मृतिमा कोच सङ्ग्रहालयलगायत निर्माण गर्न उहाँका छोरा तथा नातेदारले आठ कट्ठा जमिन निःशुल्क प्रदान गरेका छन् ।

कनकाई नगरपालिका–९ घैलाडुब्बामा कोच सङ्ग्रहालय, सूचना केन्द्र र सभाहल निर्माणका लागि रु ४० लाख मूल्य बराबरको जग्गा कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रलाई प्रदान गरेका हुन् ।

स्थानीय प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा पर्यटन प्रवद्र्धन केन्द्रको स्थापना गर्दै उक्त मूल्य बराबरको जग्गा राजवंशीका छोरा तथा आफन्तले निःशुल्क प्रदान गरेका हुन् ।

जग्गा प्रदान गर्ने छोरा तथा नातेदारहरुमा रतनलाल, खगेन्द्रप्रसाद, प्रेमप्रसाद, राजेन्द्रप्रसाद, सूर्यप्रसाद, सीताराम, विमल, विष्णुप्रसाद र दलबहादुर राजवंशी रहेको स्थानीय समाजसेवी राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

योसँगै घैलाडुब्बामा पूर्वमै ठूलो र सुविधासम्पन्न कोच सङ्ग्रहालय निर्माण गरिने भएको छ । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts