काठमाडौँ, २५ जेठ । मङ्गलकुमार नेपाल स्मृति ग्रन्थ प्रकाशन समितिले साहित्यकार मङ्गलकुमार नेपालको स्मरणमा लेखिएको ग्रन्थ आज बजारमा ल्याएको छ ।
प्रकाशित ग्रन्थ जीवन वृत्तमा मङ्गलकुमार, संस्मरणमा मङ्गलकुमार, समालोचनामा मङ्गलकुमार र सिर्जनामा मङ्गलकुमार गरी चार खण्डमा विभाजन गरिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले ग्रन्थको विमोचन गर्नुभएको हो ।
राष्ट्रकवि घिमिरेले नेपाल नेपाली तथा संस्कृत भाषा साहित्यका विशिष्ट ज्ञाता भएको बताउँदै उहाँका बारेमा प्रकाशित ग्रन्थ सिङ्गो पूर्वीय जगत्को दर्पण भएको विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ संस्कृतिविद् जोशीले तत्कालीन समयमा शिक्षक, प्रधानाध्यापक तथा क्याम्पस प्रमुखजस्ता विभिन्न भूमिकामा रही ग्रन्थकार नेपालले समाजमा शिक्षाको ज्योति फैलाएको भन्दै प्रशंसा गर्नुभयो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाललाई आफूले असल पिताका रुपमा प्राप्त गरेको र उहाँकै प्रेरणाबाट आफू समाजको विकासमा क्रियाशील रहेको बताउनुभयो । उहाँले असल माता पिताले सन्ततिलाई राम्रो शिक्षा तथा सुसंस्कृति हस्तान्तरण गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरी, ग्रन्थका सम्पादक डा देवी नेपालले शिक्षाविद् एवम् समाजसेवी नोपलको जीवनकालदेखि मृत्युपर्यन्तका तस्बिर तथा विभिन्न कालखण्डका घटनाक्रमलाई स्मरण गराउने विषयवस्तु ग्रन्थमा समावेश गरिएको बताृउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment