Tuesday, June 7, 2016

घरेलु महासङ्घको अध्यक्षमा गिरी

काठमाडौं, २५ जेठ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औँ राष्ट्रिय महाधिवेशनले श्याम गिरीको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन भएको छ । २३औँ राष्ट्रिय महाधिवेशन तथा २०औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित अध्यक्ष गिरीले आगामी दिनमा सामूहिकताका साथ लघु, घरेलु तथा साना उद्योगीको यस्तै वरिष्ठ उपाध्यक्षमा उमेशप्रसाद सिंह, उपाध्यक्षमा क्रमशः चन्दनकृष्ण श्रेष्ठ, विष्णुबहादुर लुइँटेल, शोभा गुरुङ, कुमार गिरी, मोहन कटुवाल, पूर्णबहादुर भण्डारी, महासचिवमा डम्बरप्रसाद रेग्मी, कोषाध्यक्षमा सत्यनारायण प्रजापती, सचिवमा प्रमिला बस्नेत र सह–कोषाध्यक्षमा शङ्करप्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।

यसैगरी, महासङ्घको प्रदेश सङ्घको अध्यक्षमा उपत्यकाबाट प्रकाशबहादुर कायस्थ, प्रदेश नं १ बाट राजेश कोइराला, प्रदेश नंं २ सत्यनारायण अग्रवाल, प्रदेश नंं ३ बाट सूर्यबहादुर कँडेल, प्रदेश नंं ४ बाट हरिहर थापा, प्रदेश नंं ५ बाट नेत्रप्रसाद पाठक, प्रदेश नंं ६ बाट चन्द्रबहादुर विसी र प्रदेश नंं ७ बाट प्रकाश रावल निर्वाचित हुनुभएको छ ।

यसैगरी, सदस्यहरूमा महासङ्घको केन्द्रीय महिला उद्यमी समितिको सभापतिमा शिवा उपाध्याय ‘अञ्जु’, वरिष्ठ उपसभापतिमा रोशनी उपाध्याय, सचिव शान्ता बाँस्कोटा कोइराला, कोषाध्यक्षमा लक्ष्मीकुमारी गिरी, केन्द्रीय सहसचिव रीता अवाल, केन्द्रीय सह–कोषाध्यक्षमा पञ्चलक्ष्मी श्रेष्ठलगायत निर्वाचित हुनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts