Monday, June 13, 2016

आधिकारिक ट्रेड युनियनमा सङ्घका प्रतिनिधि टुङ्गो

काठमाडौँ, ३१ जेठ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनका पदाधिकारी र सदस्यमा पठाउनेको नामावली टुङ्गो लगाएकोे छ ।

महासचिवमा युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा तथा सदस्यमा विश्वबन्धु रेग्मी, सुवासकुमार कोइराला, सुशीलकुमार केसी, राजुप्रसाद उप्रेती, जनकबहादुर रावल र शङ्कर पुरीलाई पठाउने सर्वसम्मत निर्णय गरिएको सदस्य रेग्मीले जानकारी दिनुभयो ।

यही जेठ १९ गते भएको आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो, नेपाली काँग्रेस निकट सङ्घ दोस्रो र नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन तेस्रो भएको थियो ।

नेपाल निजामती कर्मचारी नियमावलीअनुसार केन्द्रमा तीन सङ्गठन निर्वाचित भएका अवस्थामा पहिलो हुनेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ सदस्य, दोस्रो हुनेले महासचिव र छ सदस्य, तेस्रो हुनेले सचिव र दुई सदस्य पाउने व्यवस्था छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts