काठमाडौँ, ३१ जेठ । दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार ९ र १० गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।
इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् ।
प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ ९खालीपन भर०, ‘ब्यान्डस् भिजिट’ ९ब्यान्डको भ्रमण०, ‘फरेन सिस्टर’ ९विदेशी चेली० र ‘द डिस्ट्यान्स्’ ९दूरी० तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ ९डल्फिन केटो० र ‘गोर्खाज डटर इन इजरायल’ ९इजरायलमा गोर्खालीकी छोरी० छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा इजरायली चलचित्र निर्माता तथा निर्देशक डान वोलम्यानले इजरायल आप्रवासीको देश भएकाले त्यहाँ विविधता रहेको जानकारी दिँदै चलचित्र हेरेर विश्वमै यहुदी बाहुल्य एक मात्र समाज र संसारकै पुरानामध्येको एक हिब्रु भाषाबारे ज्ञान लिन सकिने बताउनुभयो ।
भर्खरै सम्पन्न मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन आउनुभएका उहाँले ‘छाया’, ‘कालो पोथी’लगायत केही चलचित्र हेरेको बताउँदै यहाँको विविधतायुक्त समाजबाट आफू प्रभावित भएको बताउनुभयो ।
महोत्सवमा प्रदर्शन गरिनेमध्ये दुई चलचित्र ‘फरेन सिस्टर’ र ‘द डिस्ट्यान्स्’ निर्देशक बोलम्यानले निर्माण गरेका चलचित्र हुन् । त्यस्तै, ‘गोर्खाज डटर इन इजरायल’ त्यहीँका चलचित्रकर्मीद्वारा इजरायलमा काम गर्ने नेपाली दिदीबहिनीका बारेमा निर्माण गरिएको वृत्तचित्र हो । इजरायलमा रोजगारीका लागि जानुअघि यो चलचित्र हेरेमा फाइदा हुने बताइएको छ ।
फिल्म सोसाइटीका अध्यक्ष तथा कलाकार कृष्ण मल्लले विगतमा इजरायलमा थोरै लगानीमा पनि राम्रा चलचित्र बन्ने गरेको बताउँदै सोबाट नेपाली चलचित्र उद्योगले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment