Tuesday, June 14, 2016

राखेपद्वारा सात खेल सङ्घको दर्ता खारेज

काठमाडौँ, ३२ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्मा हाल दर्ता रहेका विभिन्न सात राष्ट्रिय खेल सङ्घको दर्ता खारेज गरेको छ ।

नेपाल फुटबल सङ्घ, नेपाल जेनुइन मार्सल आर्ट सङ्घ, नेपाल फ्युजन मार्सल आर्ट सङ्घ, नेपाल खेलकुद योग सङ्घ, नेपाल आर्म रेस्लिङ सङ्घ, नेपाल लागुपदार्थ तथा एड्स सङ्घ तथा नेपाल कर्पोरेट खेलकुद सङ्घको दर्ता खारेज गरिएको हो ।

राष्ट्रिय सङ्घ छानबिन समितिको प्रतिवेदनका आधारमा हाल पहिलो चरणमा यी सात सङ्घको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । यी सङ्घ राखेपमा दर्ता गराएयता साधारणसभासमेत नगराउँदै निष्क्रिय रहेकाले खारेज गरिएको उहाँको भनाइ छ ।

विसं २०७२ पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । राखेपद्वारा गठित उक्त समितिमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य र खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत शारङ्गिन निरौला सचिव हुनुहुन्थ्यो ।

फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८, आर्म रेस्लिङ २०६५, लागुपदार्थ २०५७ तथा कर्पोरेट २०६३ सालमा राखेपमा दर्ता भएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts