काठमाडौँ, ३२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलसँग आज होटल सङ्घ नेपालका अध्यक्ष बिके श्रेष्ठको नेतृत्वमा गएको टोलीले भेट गरी नेपालको पर्यटन क्षेत्र खासगरी होटल उद्योगका बारेमा जानकारी गराएको छ ।
उक्त अवसरमा अध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा होटल उद्योगमा दिन प्रतिदिन बढ्दो लगानी रहेको तथा नेपाल भित्रिने पर्यटनको सङ्ख्यामा वृद्धि हुन नसकेको अहिलेको परिस्थितिले आगामी वर्षहरुमा पनि सरकारबाट सम्बन्धित निकायमा पर्यटन प्रवद्र्धनका लागि विशेष पहल कदमी नभएमा खर्बौं लगानी रहेको यस क्षेत्र धराशायी हुने निश्चित रहेको बताउनुभयो ।
साथै, पर्यटक वृद्धिका लागि हानले आगामी जुलाई महिनामा चीनको राजधानी बेइजिङ तथा साङ्घाईमा नेपाल पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको पनि जानकारी गराउनुभयो ।
त्यस्तै मन्त्री पोखरेलले विविध कारणले गर्दा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार्दै हानले चीनमा आयोजना गर्न लागेको यस किसिमको कार्यक्रमको सराहना गर्दै आगामी दिनहरुमा नेपाल सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका विशेष कार्यक्रमहरु गरी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि गर्ने आश्वासन व्यक्त गर्नुभयो ।
प्रतिनिधिमण्डलमा प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविनबहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो । रासस
No comments:
Post a Comment