डोटी, २७ जेठ । बुधबार राति परेको अविरल वर्षाले डोटीको लाटामाडौँको तिलताली पूर्णरुपमा प्रभावित भएको छ ।
राति करिब ७ बजेदेखि परेको भारी वर्षाले स्थानीय सानासाना खोलामा भेल आउँदा बस्तीभरि पानी छिरेर जलमग्न भएको हो । विगतमा कुनै क्षति नहुने यस क्षेत्रमा यो पटक डढेलोको कारण जङ्गल सखाप भएकाले पानीको गतिलाई थेक्न नसकेर बस्तीमा पसेको हो ।
पानी घरभित्र पस्दा घरायसी सामान तथा बस्तुभाउ प्रभावित बनेका छन् । पानीले करिब १०० भन्दा बढी घर पूर्णरुपमा प्रभावित बनेका छन् । घटनाको विष्तृत जानकारी नआएकाले मानवीय क्षतिको कुनै विवरण नआएको स्थानीय निलम विकले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment