Wednesday, June 8, 2016

विद्युत् पुगेपछि धापुङवासी दङ्ग

बाबियाचौर (म्याग्दी), २७ जेठ । म्याग्दीको बरङ्जा–९ धापुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि यहाँका स्थानीय दङ्ग भएका छन् ।

विद्युत् सुविधा भएपछि सहजै बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, कम्प्युटर चलाउन पाउँदा गाउँले दङ्ग भएका छन् । त्यहाँका बासिन्दाले सौर्य ऊर्जा, टुकी र दियालो प्रयोग गर्दै आएका थिए ।

रु ३५ लाख ३६ हजार लागतमा सम्पन्न विद्युतीकरण योजनाबाट बरङ्जा–९ मा पर्ने धापुङ र महेशगाउँका १०१ घरधुरी लाभान्वित भएको हो ।

नेपाल विद्युत् प्राधिकरण र जिविसको दश÷दश लाख, गाविसको सात लाख ५९ हजार र उपभोक्ताको रु आठ लाख आठ हजार लगानीमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर चोचाङ्गीले बताउनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts