काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित कपिल डङ्गोलको जस्ताको टहरामा आज ग्यास चुहिएर आगलागी हुँदा नौजना घाइते भएका छन् ।
डङ्गोलको जस्ताको टहरामा भारत मोतीहारी घर भएका ३० वर्षीय विरु पण्डितले सञ्चालन गरेको पानीपुरी बनाउने पसलमा विहान ९ बजे ग्यास चुहिएर आगलागी हुँदा सुरेन्द्र बलामी, विरु पण्डित, रोहित कुमार, लक्ष्मी साह, उमेश पण्डित, राकेश सिंह, अनमोल सिंहलगायत घाइते भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । घाइते मध्ये एक नेपाली र अन्य भारतीय रहेका छन् ।
घाइतेलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । रासस
No related posts.
No comments:
Post a Comment